काठमाडौं । ललितपुर, गोदावरी नगरपालिका–१० उदयखर्कस्थित खेतमा प्याङगाँउ बस्ने ४५ वर्षीय हरि चन्द्र महर्जन मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, तिमाल गाउँपालिका–२ टुखाबेशीस्थित सुनकोशी नदीको किनारमा भुम्लु गाउँपालिका–६ बस्ने ८१ वर्षीया सुन्तली मैनाली भन्ने चुना कुमारी मैनाली सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।