बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाघको आक्रमणबाट मृत्यु 

मंगलबार, असार ८ २०७८

चितवन । रत्ननगर नगरपालिका–५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।