काठमाडौं । महानगरपालिका–१६ बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–५ लोलाङ्ग हाईट बस्ने गोरखा, भिमसेन गाउँपालिका–७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरस्थित सडकमा म.१ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका–१० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिश्चार्च भएका छन् ।
उदयपुरको रौतामाई गाउँपालिका–१ टाट्नेस्थित सडकमा स.१ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरका सहचालक उदयपुर रौतामाई गाउँपालिका–७ बस्ने ३२ वर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको छ । ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।