बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो

मंगलबार, असार ८ २०७८

काठमाडौं । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत चिसो चिसो हावा चल्यो विश्व संगीत दिवसको अवसर पारी सार्वजनिक गरेकाछन । 
आफ्नै युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो । 
धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि धरानमै आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले चिसो चिसो बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन् । 
एक बर्ष अघिको कोभिड महामारीमा केहि गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक बर्ष पछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यहि गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित मास्के । 

म्युजिक भिडियो लिंक 

https://youtu.be/ux6klIe5Yfs

song.JPG

songh1.JPG