बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया आजदेखि सुरु, दैनिक कोटा तोकियो

मंगलबार, असार ८ २०७८

काठमाडौं । निषेधाज्ञा जारी भएसँगै बन्द भएको सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया आजदेखि सुरु हुने भएको छ । प्रदेश सरकार अन्तर्गतकाृ यातायात व्यवस्था कार्यालयले आजदेखि काठमाडौं उपत्यकामा सवारीसाधनको नवीरकण, राजश्व संकलन र अनुमतिपत्र वितरणको काम थाल्ने भएको हो । 

कार्यालयका अनुसार दैनिक ७० वटा लाइसेन्स नवीकरण हुनेछ । त्यस्तै, यसअघि परीक्षा उतीर्ण भएकाहरुको पनि दैनिक ७० जनाका दरले राजश्व संकलन हुनेछ । 

यसअघि राजश्व संकलन भइ लाइसेन्स छपाइको प्रक्रियामा गइ छापिएर आएका लाइसेन्सको वितरण भने दैनिक २ सय वटाको दरमा हुने कार्यालयले जनाएको छ ।

नयाँ ट्रायलका लागि भने अहिले सेवा सुरु गरिएको छैन । अहिले पनि अनलाइन फर्म भरेर लिखित र ट्रायल परीक्षाको प्रतीक्षामा हजारौं सेवाग्राहीहरु रहेका छन् ।