आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तास खेलिरहेको अवस्थामा पक्राउ 

सोमबार, असार ७ २०७८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका ३५ वर्षीय लाल काजी तामाङ लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
उक्त उद्योगमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।