आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

डुवानमा परेका २० घरपरिवारका सामान सुरक्षित स्थानमा स्थानान्तरण

आइतबार, असार ६ २०७८

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १० स्थित कुतियाकभरको बैजुडाँडामा अविरल बर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई जोगबुढा खोलाको पानी बस्तीमा पसेर डुवान परेका २० घरपरिवारको सामान सशस्त्र प्रहरीले असार ६ गते सुरक्षित स्थानमा सारेको छ । 
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दोधारा चाँदनी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारको सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको हो ।