शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ला ला ल्यान्ड लिएर आए कपिल

शनिबार, असार ५ २०७८

काठमाडौं । लामो समयदेखि गायनमा सक्रिय रहेका कपिल सापकोटोल आफ्नो नयाँ गीत ला ला ल्यान्ड सार्वजनिक गरेका छन् । सार्वजनिक भएको छोटो समयमै यस गीतले  युट्युबमा २ लाख ६० हजारभन्दा धेरै भ्युज पाइसकेको छ । 
मेक मनी रेकडस्को युट्युब च्यानलबाट सार्वजनिक गीतलाई  मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । डिप स्पेस डट कोले गीतको भिडियो निर्माण गरेको छ । 
गायक सापकोटा फरक–फरक स्वादका गीतहरु गाउन रुचाउँछन्  उनले चाडैं नै अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन् । ‘मलाई फरक स्वादका गीतहरु गाउन मनपर्छ । दर्शक र शुभचिन्तकहरुको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ,’ कपिलले भने ।