बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

डब्बु, सुवर्ण र सरितामा नयाँ गीत 

बिहिबार, असार ३ २०७८

काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो  नया गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ ।
भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् । 

गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको सृँगार रहेको छ । 
कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ । 
भिडियो लिंक

https://www.youtube.com/watch?v=dC4RBeTdMME&list=RDMMdC4RBeTdMME&start_radio=1