बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

बुधबार, असार २ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनामा परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ६८७ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। यस्तै, ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

आरटी पीसीआरबाट २ हजार १४ र एन्टीजेन परीक्षणबाट ८१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा ३ हजार ८२ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ। यससँगै अहिलेसम्म कोरोना संक्रमणका कारण ८५५८ जनाको मृत्यु भएको छ।