बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण भएको छ।