बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नायिका तथा मोडल कबिता राए अभिनित नयाँ म्युजिक भिडियो “रामपियारी भर्सेश रामपियारा“ सार्वजनिक 

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौं । नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो “रामपियारी भर्सेश रामपियारा“ सार्वजनिक भएको छ । जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता राय संगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ  । यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देखन सकिन्छ । र्र्यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुसार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता राएले  यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन । 

197475485_1108237679686061_6889270887664133467_n.jpg

केहि दिनअघि मात्र नायक तथा मोडल पल शाह संग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवै संग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन ।  हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ।  डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कविता संग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । कबिता जी को अभिनयप्रतिको इनर्जी देख्दा मलाई नै अचम्म  लागेर आउँछ, सुधीरले भने  । 

डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता राए ढुक्क रहेकी छिन । निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिश्वकर्माले गरेकाछन् । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=ahT2pjaDZSM&feature=emb_title 

193725872_3815053341951534_6220989746708977652_n.jpg