बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२४ घण्टामा ३ हजार ४७९ संक्रमित थपिए, ६ हजार ६३६ जना डिस्चार्ज

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।