बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप ६८२५ जनालाई कोरोना संक्रमण, ७५ जना संक्रमितको मृत्यु

बिहिबार, जेष्ठ २० २०७८

काठमाडौँ– बिहीबार देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा  ५ हजार ८ सय २५  र ३  हजार २ सय ११   एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी बिहीबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार २ सय १९ कोरोना संक्रमित डिस्चार्ज भएका थिए।