बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज मात्रै ६८९८ जना संक्रमण मुक्त, ६८ जनाको मृत्यु

मंगलबार, जेष्ठ १८ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर परीक्षणमा ५ हजार २८५ र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०० जना गरी कुल ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।