बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पछिल्लो २४ घण्टामा ४७६२ कोरोना संक्रमित थपिए, ११४ जनाको मत्यु

सोमबार, जेष्ठ १७ २०७८

काठमाडौँ– सोमबार देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी सोमबार ६ हजार २४ सय ९१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि आइतबार ६ हजार २०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।