बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

१०६ जनाको मृत्यु, संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

शुक्रबार, जेष्ठ १४ २०७८

काठमाडौं । आज देशभर थप ६ हजार ७३१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो भने १४५ संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६९ सय ५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।