बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना संक्रमण अझै केही महिनासम्म रोकिदैन, सङ्कटकाल लाग्न सक्छः स्वास्थ्यमन्त्री त्रिपाठी

सोमबार, जेष्ठ १० २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । 

सोमबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमण अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् । 

यस्तै कोरोना खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको र केही देशहरुसँग  छलफल अन्तिम चरणको पुगेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । 

जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताएका छन्  कोरोनाविरुद्घको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ । देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्घमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए ।