बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२४ घण्टामा थपिए ७ हजार ९१४ कोरोना संक्रमित १९३ जनाको मृत्यु

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको छ।