बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ को मृत्यु

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १९ हजार ३५७ जना पीसीआर र ७४८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ९८० जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ ।