बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पछिल्लो २४ घन्टामा ८ हजार ३०५ जनामा कोरोना पुष्टि, १९० जनाको मृत्यु

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत चौबीस घन्टामा २१ हजार ६ सय ९५ पीसीआर तथा ३९२ एन्टिजेन परीक्षण भएको छ।

यस्तै गत चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।