बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालमा तीन किसिमको भेरियन्ट रहेको पुष्टि, नयाँ भेरियन्ट झन् खतरनाक

बुधबार, जेष्ठ ५ २०७८

नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले आज प्राप्त भएको ३४ वटा नमुना (३७ प्रतिशत)मा नयाँ भेरियन्ट बी.१.६१७.२ र  ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको जानकारी दिए । 

यससँगै हालसम्म नेपालमा यो परिवर्तितसहित तीन किसिमका भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहका धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले यस्तो खतरनाक संक्रमण रोक्न सबै सचेत बन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । 
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत साता कोभिड–१९ संक्रमितहरुका ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन स्क्विन्सिङ गरिएको थियो ।