काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज भेरोसेल खोप काठमाडौंमा लगाएका र अहिले उपत्यका बाहिर रहेकाहरुलाई वडामै दोस्रो डोज दिने व्यवस्था गरेको छ ।
मन्त्रालयले दोस्रो डोज लिनका लागि पास खोजेर काठमाडौं आउनु नपर्ने जनाएको छ । काठमाडौं उपत्यकामा जेठ २ गतेदेखि दोस्रो डोज भेरोसेल दिन थालिएको छ भने उपत्यका बाहिर पनि यथाशीघ्र खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।