बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

आइतबार, जेष्ठ २ २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।