बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिए,१ सय ८७ जनाको मृत्यु

शनिबार, जेष्ठ १ २०७८

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ।

शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।