बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काठमाडाैं उपत्यकामा मात्रै ३५६२ जना कोरोना संक्रमित

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार भक्तपुरमा ३४८, काठमाडौंमा २,७३३ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसअवधिमा देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना रहेको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ४ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।