बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पछिल्लो २४ घण्टामा कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए

मंगलबार, बैशाख २८ २०७८

काठमाडौं : देशभर कोरोनाले एकैदिन २ सय २५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।