बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

बुधबार, बैशाख २२ २०७८

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो।

यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर ४ दिनदेखि आइसोलेसनमा छन्। मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको एकान्तवास आइसोलेसनमा छन्।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव छलफल गर्नुअघि सांसदहरु सबैको कोरोना परीक्षण भएको थियो। त्यसमध्ये सुरुमा ३ जनाको पोजेटिभ आएको थियो।