बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेता खनालको स्वास्थ्य अवस्थामा सुधार 

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।  कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।