बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जनप्रतिनिधिको कोरोना संक्रमणकाबाट मृत्यु

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं – बागलुङमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। जिल्लाको ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति धवलागिरी अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा संक्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो। उनी गाउँकार्यपालिकाकी सदस्य रहेकी थिइन्।