कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुण राज सुमार्गीले अनुसन्धान केन्द्रको माध्यमबाट कृषक,उद्यमी र व्यवसायीक हक हितको निम्ति उपयुक्त नीति नियम तयार गर्न बहस पैरवी मार्फत सरकारको ध्यानकर्षण गर्न केन्द्र सदा तत्पर रहेका बताउनु भएको छ ।
आइतबार राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको उपलक्ष्यमा आयोजित जुम छलफलमा सुमार्गीले केन्द्र सदैव व्यवसायीको हक हितका निम्ति बहस पैरव गर्दै आई रहेको र त्यसको जोलंत उदाहरणको रुपमा हालै राष्ट्रिय कृषि नीति २०६६ को परिमार्जनको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीजि क्षेत्र मैत्री बनाउन आफनो नेतृत्वमा समिति गठन भई समितिको राय,सुझाव समावेश गरि मन्त्रालयमा पेश गर्ने कार्य सम्पन्न गरेका बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएको भिजन पेपरमा समेत कृषिको व्यवसायीकरणको लागि महासंघले आफनो स्पष्ट सोच बनाएको र यसमा कृषि उद्यम तथा अनुसन्धान केन्द्र दिएको सुझाव संलग्न रहेको समेत बताउनु भयो । कृषि उद्यम तथा अनुसन्धान केन्द्र सरोकारवालाहरु संग कृषिको व्यवसायीकरण गर्न हातेमालो गर्न तयार रहेकोले उपस्थित सम्पूर्णलाई केन्द्रको आमान्त्रित सदस्य बन्नको लागि आव्हान गदै एउटै मन्चबाट कृषक लगायत अन्यको हक हितको लागि दवाव सृजना गर्न आवश्यक रहेकोले सरोकारवालाहरुबाट प्रकाशन भएको दस्तावेजहरुलाई संकलन गरि पुनः प्रकाशनमा ल्याउने कार्यमा केन्द्र तयार रहेको समेत बताउनु भयो ।
सुमार्गीले यस प्रकार कार्यक्रम प्रभावकारी रहेकोले छिटै नै कृषि उद्यम तथा अनुसन्धान केन्द्रले आयोजनामा गर्ने जानकारी गराउनु हुदै सहभागिताको लागि सम्पूर्ण सहभागीहरुलाई आमान्त्रण गर्नुभयो ।
कार्यक्रममा भुतपूर्व मन्त्री श्री गणेश साह ज्यू को प्रमुख अतिथि रहेकोको साथै आर एन्ड डी इनोभेटिका संस्थापक श्री सुनिता नेमुफुक, कृषि विज्ञ श्री अरुण काफले, जिओ कृषिका प्रमुख श्री रदिप तन्डुकार र स्मार्ट कृषि नेपालका संस्थापक श्री अनिल रेग्मीको उपस्थितिम रहेको थियो ।
प्रमुख अतिथि भुतपूर्व मन्त्री श्री गणेश साहले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको उपलक्ष्यमा सम्पूर्णलाई शुभकामना दिदै कृषि उद्यम केन्द्रलाई कृषि उद्यम तथा “अनुसन्धान केन्द्र” को रुपमा रुपान्तरण गर्नु भएकोमा सभापति श्री अरुण राज सुमार्गीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
साहले आज सूचना र प्रविधिको युग रहेकोले यसको माध्यमबाट उत्पादक र उपभोक्तको बीचको खाडल पुर्न सहयोग पुग्ने भएकोले यस तर्फ सम्पूर्णको ध्यान जानु पर्ने भन्दै आजको सूचना र प्रविधिको युगमा नेपालमा रहेका कृषकहरुलाई Smart Farmer बनाउदै वहांहरुको उत्पादनको उचित मुल्य प्राप्त गर्न ITC को अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
सो छलफल कार्यक्रममा श्री अरुण काफले दक्षिण अस्ट्रेलियाको विश्वविद्यालयका पीएचडी विद्यार्थी,जिओ कृषि, हेफर अन्तर्राष्ट्रिय, अनुसंधान एवं विकास नवीन समाधान / कृषिको लागि आईटीसीका सम्बन्धित व्यक्तिहरुले प्रस्तुतीकरण गर्नु भएको सो छलफल कार्यक्रममा विभिन्न कृषि क्षेत्रको विज्ञहरुको उपस्थित रहेकोथियो । छलफल कार्यक्रमको संचालन श्री सुनिता नेमुफुकीले गर्नु भएको थियो ।