बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित, २४ घन्टामा २७ जनाको मृत्यु !

आइतबार, बैशाख १९ २०७८

काठमाडौं । नेपालमा कारोना भाइर संक्रमणको संख्या झन्-झन् बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मै सर्वाधिक संख्या हो ।

१६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।