आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैकद्धारा संक्रमणबाट जोगिएर कारोवार सञ्जालन गर्न निर्देशन

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।   राष्ट्र बैकले कोभिड १९ को संभावित जोखिमबाट जोगिएर बित्तीय कारोवार सञ्चालन गर्न निर्देशन दिएको छ । आज सोमबार क, ख, ग र घ बर्गका बैंक तथा बित्तीय संस्थाको नाँउमा सुचना जारी गर्दे राष्ट्र बैकले उक्त निर्देशन दिएको हो ।  
कोरोनाको दोस्रो लहरकोरुपमा फैलंदै गएको र सोहीरुपमा नेपालमा समेत तिव्ररुपमा फैलंदै गएकाले संक्रमणको जोखिमलाई न्युनीकरण गर्दे आवस्यक स्वास्थ सर्तकतासहित बैंक तथा बित्तीय संस्थाहरुलाई व्यवसायीक निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । सो अनुरुप बैंक तथा बित्तीय संस्थाहरुले नेपाल सरकार तथा बिश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्र्पकमा रहने जनशक्ति तथा सेवाग्रांहीमा संक्रमणको जोखिमलाई न्युनकरण गर्न आवस्यक उपायहरु अवलम्वन गर्न राष्ट्र बैकले निर्देशन दिएको छ । 
सेवाग्राहीको भिडभाड नहुने तथा भौत्तिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने, साथै सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी बैंक तथा बित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव बिद्युतीय माध्यमबाट गर्न गराउन, प्रोत्साहित गर्न, बैंक तथा बित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संभावित जोखिम न्युनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर एवं टिस्यु पेपरको व्यवस्था गर्न, बैंक तथा बित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्टी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौत्तिक दुरु सुनिश्चित गर्ने तथा संभव भएसम्म यस्ता कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

1.JPG

2.JPG