बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पछिल्लो २४ घण्टामा थप ५३४ कोरोना संक्रमण, ५ को मृत्यु

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप  ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा  ४ हजार १५२ जनामा परीक्षण गर्दा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमध्ये ४९० जना आरटी–पीसीआर र ४४ जना एन्टिजेनबाट पहिचान भएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।

यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँचभ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।