बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६०३ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

बिहिबार, बैशाख २ २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ६१ पुगेको छ ।

संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अुनसार त्यस्तै कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।