नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा १२८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा १५ र भक्तपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९२ पुगेको छ। यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या २ हजार ९६१ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ।