काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्क राख्नुपर्ने भएको छ । यसको लागि आवश्यक पर्ने एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन समितिको बैठकले निर्देशन दिएको छ ।
सबै नगरपालिकाहरुमा सञ्चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न निर्देशन दिएको समितिले एन्टीजेन परीक्षणमा नेगेटिभ देखिएका व्यक्तिको पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउनु पनि निर्देशन दिइएको छ ।