महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ जलसागरबाट फागुन १८ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले नोफिन १२ सय ३७ वटा, डायजेप्नी ईन्जेक्सन १ हजार वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ११ सय ४५ वटा र डाईजेपाम ईन्जेक्सन ३ सय ८२ वटा बरामद गरेको हो ।
त्यसवेला लागूऔषध लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित लागूऔषध सोही ठाउँमा छाडी भागी फरार भएका थिए ।