बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अफिमसहित पक्राउ :–

बुधबार, फाल्गुन १९ २०७७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ बाट फागुन १८ गते एपीएफ टोलीले करीब १०० एमएल अफिमसहित भारतमा घर बताउने ४५ बर्षिय गोरप्रित सिंहलाई पक्राउ गरेको छ । 
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले उनलाई उल्लेखित लागूऔषध अफिमसहित पक्राउ गरेको हो । 
भारतबाट नेपालतर्फ आउँदै गरेका निज सिंहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त अफिम फेला परेपछि पक्राउ गरिएको हो । 
पक्राउ परेका निज सिंहलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको  छ ।