बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध रुपमा ल्याएको भारतीय नोट सहित पक्राउ 

सोमबार, फाल्गुन १७ २०७७

सिरहा नगरपालिका–१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँ सहित भारत सहरसा ग्राम किसनपुर पञ्चायत–२ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बीआर ०६एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको हो । 
यादवलाई बरामद भारतीय रुपैयाँ सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।