थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले Cinemaghar App को माध्यामबाट नेपाली कथानक चलचित्रहरु बिक्रि विरतण गर्ने कार्य गर्दै आई रहेकोमा अनाधिकृत रुपमा अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यामबाट थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले वितरण गरेका कथानक चलचित्रहरु सामाजिक संजाल YouTube telegrame मा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने ब्यहोराको उजुरी यस महाशाखामा पर्न आई उक्त घटनाको सम्बन्धमा अनुसन्धान एवं खोजतालस गर्दै जाँदा उक्त कार्य गर्ने सुजन परियार लम्जुङ जिल्लाको एरियामा बस्दै आएको भन्ने बुझिएकोले जि.प्र.का. लम्जुङ संग समन्वय गरी मिति २०७७/११/१३ गते पक्राउ गरी निज सुजन परियार लाई यस महाशाखामा ल्याई प्रतिलिपी अधिकार ऐन अन्तर्गत को कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७७/११/१४ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएकोमा सम्मानित जिल्ला अदालतबाट दिन ५ म्याद थप भई अनुसन्धान भैररहेको ।
यस्तै प्रकृतीका कार्यहरु कसैले जानी नजानी अनाधिकृत रुपमा डाउनलोड वा लाइभ गरी ईन्टरनेटमा वा कुनै पनी सामाजिक संजालमा शेयर तथा अपलोड गरेमा प्रतिलिपी अधिकार ऐन विरुद्धको कार्य हुने भएकोले कानुन वमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।
पक्राउ व्यक्ती-
नामथर:- सुजन परियार
उमेरस्:- २५ बर्ष
ठेगानाः- जि. लम्जुङ बेशीशहर न.पा.-२