बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ   

बिहिबार, फाल्गुन ६ २०७७

काभ्रेपलाञ्चोक । वन पैदावार हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका १ बस्ने ३५ वर्षीय बिल बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अदालतको २०७२ भदौ २७ गतेको फैसलाले वन पैदावार हानी नोक्सानी मुद्दामा २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका २ बस्ने २८ वर्षीय रबिन घिसिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अदातलको २०७३ मंसिर २१ गतेको फैसलाले उक्त मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएक छ ।