बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

श्री एयरलाइन्सद्वारा परीक्षण उडान सुरु

सोमबार, माघ २६ २०७७

सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं–सुर्खेत परीक्षण उडान गरेको छ ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए ।

प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ स् ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर(८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताए ।

तर, नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।

‘श्रीले आजदेखि परीक्षण उडान सुरु गरेको छ । नियमित उडान गर्न सकिने वा नसक्ने बारे अध्ययन पछि मात्रै उहाँहरुले जानकारी दिनुहुने छ,’ प्रमुख पन्थीले भने, ‘तर, पाइलटहरुको भने प्रतिकृया सकारात्मक छ ।’