काठमाडौ, सरकारी चेकहरु अबदेखि १५ दिन भित्र साटिसक्नुु पर्ने भएको छ ।
राष्ट्र बैंककमा अनुसार अर्थमन्त्रालयले यही माघ १९ गते नेपाल राजपत्रमा सुचना जारी गरी प्रकाशित आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिन हुने भनी उल्लेख हुंदा सरकारी कोषबाट भुक्तानीको लागि उक्त मितीसम्म जारी भईसकेका चेकको हकमा साविकको व्यवस्थाबमोजिम अर्थात ३० दिनको हदम्याद भित्र तर त्यस उप्रान्त जारी भएको चेकहरुको भुक्तानी अवधि भने १५ दिन मात्र हुुने जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको छ ।