बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अमेजनका संस्थापक जेफ बेजोसले सीइओ पद छोड्दै

बुधबार, माघ २१ २०७७

एजेन्सी । ई कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको मुख्य कार्यकारी अधिकारी (सीइओ) को पद छोड्ने निर्णय गरेका छन् । 

उनको स्थानमा एन्डी जेसी कम्पनीको सीइओ बन्नेछन् । एन्डी हालको समयमा अमेजनको क्वाउड कम्प्युटिङ बिजनेसको नेतृत्व गरिरहेका छन् । 

कम्पनीको तर्फबाट जारी बयानमा यो परिवर्तन सन् २०२१ को जून महिनापछि लागू हुनेछ ।

त्यसपछि जेफ बेजोस कार्यकारी अध्यक्षको रुपमा कम्पनीको काम हेर्नेछन् । 

जेफ बेजोसले करिब ३० वर्ष अघि आफ्नो एक ग्यारेजमा यो कम्पनी सुरु गरेका थिए । 

सीइओको पद छोडेको र नयाँ भूमिकाबारे उनले भने, ‘यो कदम अन्य भेन्चर्समा समय दिन र ऊर्जा लगाउनमा मद्दतगार साबित हुनेछ ।’