सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

यूवाहरुले कामदार होइन मालिक बन्ने सपना देख्नुस्ः मुख्यमन्त्री शाही

आइतबार, माघ १८ २०७७

काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे ।

मुख्यमन्त्री शाहीले भने, ‘सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ रु तपाईहरु कामदार हैन मालिक बन्ने सपना देख्नुहोस् ।’ 

मुख्यमन्त्री शाहीले बिजनेश इन्कुवेसनमा सहभागी यूवाहरुले कर्णालीको आर्थिक संमृद्धिमा महत्वपुर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे ।

पाँच दिनसम्म सञ्चालित विभिन्न क्षेत्रका व्यावसायीक रुचि भएका यूवाहरुको सहभागीता रहेको कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डेशन आउटरिच गौरब देबकोटाले जानकारी दिए । 

त्यस्तै कार्यक्रम्ममा बोल्दै संस्थाका निर्देशक आशुतोष तिवारीले फाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिए ।

कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना गरिएको हो । 

क्याम्प अवधिमा कणाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रा डा नारायण पौडेल कर्णाली कृषि सचिव  डा राजेन्द्र प्रसाद मिश्र, कणाली अर्थसचिव डा घनश्याम उपाध्याया लगायतको उपस्थिती थियो ।