बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पूर्वाधार निर्माणले गति लिन सकेन, भौतिक पूर्वाधार मन्त्रालयको खर्च निराशाजनक

बिहिबार, माघ १५ २०७७

काठमाडौं । भौतिक पूर्वाधार निर्माणको जिम्मा लिएको मन्त्रालयको खर्च नै निराशाजनक देखिएको छ । गत वर्षको जति पनि यो मन्त्रालयले खर्चन सकेको छैन ।

रेल,पानीजहाज। सडक जस्ता भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मा लिएको मन्त्रालयको खर्च नै निराशाजनक देखिनुले देशमा बिकासको काम नभएको प्रष्ट पार्छ ।

सडक पिच हुन सकेका छैनन्, भने कैयन सडकको स्तरोन्नतीको कार्य पनि राम्रो सँग अघि बढ्न सकेको छैन ।  जसका कारण नै यो मन्त्रालयको खर्च गत वर्षको जति पनि हुन सकेको छैन ।

अर्थ  मन्त्रालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब २३ अर्ब मध्ये जम्मा २२ अर्ब मात्रै खर्च गरेको छ ।

अर्थात कुल बिनियोजित रकमको जम्मा १७ दशमलव  सात नौ  प्रतिशत बजेट मात्रै यसले खर्चन सकेको छ ।

अर्थात वर्षका ६ महिना सकिन लागदा सम्म समेत यो मन्त्रालयको अझै ८२ प्रतिशत रकम खर्च हुन  बाँकि छ । साथै यो मन्त्रालयको खर्च गत वर्ष भन्दा पनि झन्डै १२ प्रतिशतले घटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारको बचाव गर्दै बिकास निर्माणका काम भएको र बिपक्षिहरुले आलोचना मात्रै गरेको दाबी  गर्छन् । अ

र्थात उनले बिपक्षिहरुले झुटो बोलिरहेको दाबी गर्छन् । तर उनले नेर्तत्व  गरेको सरकारको मन्त्रालयको खर्च हेर्ने हो भने चाहि बिपक्षि होइन ,उनि नै झुटो बोलिरहेको प्रष्ट हुन्छ ।

कम्तीमा आफ्नै अर्थमन्त्रालयले प्रकाशन गरिरहेको तथ्यांक मात्रै अध्ययन गर्ने  हो भने पनि उनले यो झुटो बोल्नु पर्दैनथ्यो ।  

त्यस्तै २४ अर्ब ८२ करोड बजेट पाएको खानेपानी मन्त्रालयले अहिलेसम्म जम्मा २ अर्ब २७ करोड अर्थात कुल बिनियोजित रकमको जम्मा ९ प्रतिशतको हाराहारीमा मात्रै मन्त्रालयले खर्चन सकेको छ ।

अझ गत वर्षको खर्चसँग दाज्ने हो भने यसको खर्च ३ दशमलव छ दुई प्रतिशतले घटेको छ। उपत्यकाबासी खानेपानी अभावमा बाचिरहेका छन् ।

जसका कारण नै सरकारले अपेक्षित तरिकाले बिकास निर्माणमा छुट्टाएको बजेट खर्चन सकेको छैन । अर्थमन्त्रालयले हालै मात्रै गरेको  बजेटको अर्ध वार्षिक समिक्षामा शहरि बिकास मन्त्रालयको खर्च गत वर्ष भन्दा पनि १६ दशमलव दुई छ प्रतिशतले कमि आएको देखिएको  छ ।

बजेटमा यो मन्त्रालयका लागि भनेर २४ अर्ब ९७ करोड रकम छुट्टाइएको छ। तर अहिलेसम्म यसले जम्मा ६ अर्ब ११ करोड मात्रै खर्च गरेको छ। शहरको बिकासका लागि भनेर स्थापना भएको यो मन्त्रालयले नयाँ शहर स्थापनाको पनि जिम्मा लिएको छ ।

तर शहर बिकासका काम राम्रोसँग अघि बढ्न नसक्दा बजेट नै ढुकुटीमा थुप्रिएर बस्नु परेको छ । सरकारले बिकास निर्माण अघि बढाउनका लागि भनेर नै आन्तरिक तथा बाह्य ऋण समेत उठाइसकेको छ । तर त्यो उठाएको रकम खर्च गर्न नसक्दा ढुकुटिमा पैसा थुप्रन पुगेको छ ।