काठमाडौं । महामारीका कारण आयातमा आएको कमिका कारण ब्यापार घाटामा सुधार आएको छ । यो सँगै निर्यातमा भएको बृद्धिले पनि ब्यापार घाटा कम गर्न सघाउ पुगेको देखिन्छ ।
भन्सार विभागका अनुसार आयातमा ४ दशमलव आठ एक प्रतिशतले कमि आएको छ । जसका कारण ब्यापार घाटामा भने ५ दशमलव आठ शुन्य प्रतिशतले कमि आएको भन्सार विभागले जनाएको छ ।
भन्रा विभागले हालै प्रकाशित गरेको पुष सम्मको तथ्यांक अनुसार ६ खर्ब ६१ अर्बको आयात भएको छ । जबकी गत वर्षको सोहि समयमा ६ खर्ब ९४ अर्बको आयात भएको थियो ।
यसरी हेर्दा समग्रमा आयात चार दशमलव आठ एक प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा निर्यात ६ दशमलव एक चार प्रतिशतले बढेको छ ।
गत वर्षको पुषसम्म ५७ अर्ब निर्यात गरेको सरकारले यो वर्षको सोहि समयमा ६० अर्ब हाराहारीको निर्यात गरेको छ । आयातमा आएको कमिका कारण ब्यापार घाटामा भने सुधार देखिएको छ ।
त्यस्तै निर्यात भने केहि बढेको देखिएको छ । निर्यातमा बृद्धि भएको देखिएपनि यो आयातको तुलनामा भने ज्यादै न्युन हो । बिशेषगरि अहिले भटमासको तेलका कारण निर्यात ह्वात्तै बढेको देखिएको हो ।
ब्यापारीहरुले तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर नेपालमा प्रशोधन गरि भारत पठाउने गरेका छन् । जसका कारण महामारीका बिचमा पनि निर्यातमा भने सुधार आएको देखिएको हो ।
आन्तरिक कच्चा पदार्थमा आधारित नभई बिदेशी बस्तुबाट बनेका बस्तुलाई निर्यात गरेर अहिले ब्यापारीले पैसा कमाएका छन् । यो देशका लागि भने दिगो होइन ।
कुल ब्यापारमा नै कमि आएकाले पनि राजस्वमा कमि आएको हो । गत वर्षको पुष सम्म ७ खर्ब ५१ अर्बको ब्यापार भएकोमा अहिले जम्मा ७ खर्ब २२ अर्बको ब्यापार भएको छ ।
आयातमा आएको कमिका कारण सरकारले भन्सार राजस्व लक्ष्य अनुसार उठाउन सकेको छैन । पुष मसान्तसम्म भन्सार विभागले २ खर्ब १९ अर्ब भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
तर अहिलेसम्म जम्मा १ खर्ब ९८ अर्ब मात्रै संकलन भएको छ ।
आन्तरिक उत्पादन बढाउन नसकेका कारण सरकारको अहिले राजस्वको मूख्य आयस्रोत भनेकै आयातित बस्तुमा लगाइएको कर हो । अहिले यही करमा नै कमि आएको छ । तर गत वर्षको तुलनामा भने भन्सार बापतको राजस्वमा बृद्धि भएको छ ।
गत वर्ष यहि समयमा १ खर्ब ८० अर्ब भन्सार संकलन भएकोमा यो वर्षको सोहि अवधिमा यस्ते कर ९ दशमलव एक पाच प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब पुगेको छ ।