बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनपीएलको टिकट दर तय, साधारणतर्फ ५०० देखि १ हजार रुपैयाँसम्म

शुक्रबार, कार्तिक ६ २०८३

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणदेखि इलिमिनेटर र फाइनल खेलसम्मका टिकटको मूल्य सार्वजनिक गरेको हो।

क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ एक हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार रुपैयाँ र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट दर कायम गरिएको छ।

एनपीएलका लागि टिकट बिक्री आज साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने क्यानले जनाएको छ।

तेस्रो संस्करणको एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।