बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारअनुसार पाटेकरको आज बिहान ५ बजेर २० मिनेटमा कार्डियक अरेस्टका कारण निधन भएको हो। उनलाई बचाउने प्रयासस्वरूप चिकित्सक तथा स्वास्थ्यकर्मीले करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएका थिए। तर, प्रयास सफल हुन नसकेको जनाइएको छ।

पाटेकर बलिउडका चर्चित अभिनेता तथा निर्देशकका रूपमा परिचित थिए। उनले हिन्दी चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय गर्दै आएका थिए। अभिनयमा प्रभावशाली प्रस्तुति र फरक शैलीका कारण उनी दर्शकमाझ लोकप्रिय थिए।

उनको निधनको खबरसँगै बलिउड तथा भारतीय चलचित्र क्षेत्रमा शोक छाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।